मौसम विभागले निकाल्यो ३ दिने यस्तो सूचना

काठमाडौं । नागपञ्चमीपछि हिउँद लागेको ठानिन्छ । त्यसपछि वर्षा क्रमिक रुपमा रोकिँदै जान्छ । ‘अब पानी पुग्यो, वर्षा रोकिदिनुपर्यो’ भनेर इन्द्रलाई अनुरोध गर्दै इन्द्रजात्रा मनाउने चलन छ । शुक्रबार इन्द्रजात्रा मनाइँदैछ ।

पानी पुग्यो भनेर इन्द्रजात्रा मनाइँए पनि वर्षा भने रोर्किएको छैन । यसपटक प्राय हरेक दिन पानी परिरहेको छ । जल तथा मौसम विज्ञान  विभागले मुलुकमा अझै केही दिन वर्षा हुने जनाएको छ । विभागले मौसम सम्बन्धी ३ दिने यस्तो सूचना निकालेको छ ।

भदौ २७ गते शुक्रबार
रात देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पूर्व भू(भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भदौ २८ गते शनिबार

देशभरी सामान्य बदली रही केहही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको मध्य तथा पूर्वी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भदौ २९ आइतबार
रात देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन रचट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पूर्व भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।