‘विदेशी महिलालाई ७ र पुरुषलाई १५ वर्षमा नागरिकता’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियताको सुरक्षा र विकाससंग सम्बन्धित क्षेत्रमा असर पर्ने भएकाले अंगिकृत नागरिकताको विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

मन्त्री थापाले प्रतिनिधिसभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सीमा सुरक्षा, राष्ट्रियता तथा सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने विभिन्न सुविधा र विकासका कार्यक्रमलाई असर नपर्ने गरी अंगीकृत नागरिकता प्रदान गर्ने विषयलाई आवश्यक संशोधन गरिएको स्पष्ट पार्नुभएको हो । सरकार दोहोरो नागरिकता नहोस् भन्नेमा सचेत भएको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री थापाले नेपाल भारतबीचको विशेष सम्बन्ध र नागरिकता सम्बन्धी छिमेकी मुलुकको व्यवस्थालाई समेत मध्यनजर गरी नेपाली पुरुषसँग विहे गर्ने महिलालाई नेपाली अंगीकृत नागरिकता प्राप्त गर्ने समय ७ बर्ष तोकिएको स्पष्ट पार्नुभयो । सरकारले नेपाली पुरुषँंसग विहे गर्ने विदेशी महिला र नेपाली महिलासँग विहे गर्ने विदेशी पुरुषका लागि अंगLकृत नागरिकता पाउनका लागि निर्धारण गरेको समय चित्त नबुझे जनप्रतिनिधिले आवश्यक संशोधन गर्न सक्ने उहाँको भनाई छ ।

नागरिकता सम्बन्धी विधेयक समितिमा ६ महिनादेखि छलफलकै क्रममा छ । शुक्रबारको बैठकमा पनि मन्त्रालयले गरेको विधेयकमाथिको संसोधनका बारे थप अध्ययन गर्नुपर्ने आवाज उठेपछि समिति विधेयक सम्बन्धमा निर्णयमा पुग्न सकेन । विधेयकमा नेपाली अंगीकृत नागरिकता पाउनका लागि नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलालाई ७ बर्ष र नेपाली महिलासँग विहे गर्ने विदेशी पुरुषलाई १५ बर्षको समय राखिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?