‘दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै संविधान निर्माण’

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा दुई ठूला कम्युनिष्ट पार्टीका कारणले मात्रै संविधान निर्माण सम्भव भएको बताउनुभएको छ ।

नेकपाद्वारा शुक्रबार आयोजित प्रशिक्षणमा अध्यक्ष दाहालले संविधान निर्माणमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

‘अहिलेको यो संविधान दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै समयमै जारी गर्न सफल भएको हो’ उहाँले भन्नुभयो, ‘संविधान एमाले र माओवादी केन्द्रकै अगुवाईमा निर्माण भएको हो ।’

अध्यक्ष दाहालले एमालेकाे सक्रियता र माओवादीको लचकताका कारण एकता सम्भव भएको धारणा व्यक्त गर्नुभयो । ‘जनयुद्धकालमा नेकपा एमाले र माओवादीबीच कतिपय तिक्तता भए तापनि भित्रभित्रै एकताकाे प्रयास भइरहेको थियो’ उहाँले भन्नुभयो, पूर्व माओवादीमा पनि धेरै लचकता थियो । त्यसैले एकता सम्भव भएको हो ।’

पूर्व प्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । ‘मैले २०२८ सालमा कमरेड पुष्पलाल समूहबाट सदस्यता लिएको हुँ’ उहाँले भन्नुभयो, ‘कमरेड मदन भण्डारी पनि पुष्पलाल समूहबाटै आउनुभएको हो ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।