‘पुष्पलालबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएँ’ 

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै संविधान निर्माण सम्भव भएको बताउनुभएको छ ।

नेकपाद्वारा शुक्रबार आयोजित प्रशिक्षणमा अध्यक्ष दाहालले संविधान निर्माणमा तत्कालीन नेकपा (एमाले)  र माओवादी केन्द्रको भूमिका महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

‘अहिलेको यो संविधान दुई ठूला कम्युनिष्ट पार्टीका कारणले मात्रै समयमै जारी गर्न सफल भएको हो’ उहाँले भन्नुभयो, ‘संविधान एमालेकाे सक्रियता र माओवादी केन्द्रकै अगुवाईमा निर्माण भएको हो ।’

अध्यक्ष दाहालले एमालेकाे सक्रियता र माओवादीको लचकताका कारण एकता सम्भव भएको धारणा व्यक्त गर्नुभयो । ‘जनयुद्धकालमा नेकपा एमाले र माओवादीबीच कतिपय तिक्तता भए तापनि भित्रभित्रै एकता भइरहेको थियो’ उहाँले भन्नुभयो, पूर्व माओवादीमा पनि धेरै लचकता थियो । त्यसैले एकता सम्भव भएको हो ।’

पूर्व प्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । ‘मैले २०२८ सालमा कमरेड पुष्पलाल समूहबाट सदस्यता लिएको हुँ’ उहाँले भन्नुभयो, ‘कमरेड मदन भण्डारी पनि पुष्पलाल समूहबाटै आउनुभएको हो ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।