पत्रकार उपचार कोषमा उपमहानगरको ४ लाख सहयोग

पुष्पराज अधिकारी
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार उपचार कोषका लागि हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोग गरेको छ ।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शुक्रबार पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, पत्रकार उपचार कोषका संयोजक तथा महासंघ उपाध्यक्ष सरिता दाहाल र उपाध्यक्ष कुमार अधिकारीलाई संयुक्त रुपमा चार लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरण गर्दै मेयर महतले आगामी दिनमा पनि पत्रकारका निम्ति महासंघलाई सहयोग गर्ने बताउनुभयो । महासंघको आग्रह अनुसार उपचार कोषमा रकम सहयोग गरिएको उहाँको भनाइ छ । व्यक्तिगत सहयोग भन्दा पनि संस्थागत रुपमा सहयोग गर्न आफू सधैँ तयार रहेको बताउनुभयो ।

सहयोग रकम बुझ्दै महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईले उपचार कोषमा हालसम्म नौ लाख रुपैयाँ संकलन भएको बताउनुभयो । यसअघि उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले दुई लाख रुपैयाँ र शिवम सिमेन्ट उद्योगले तीन लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष हुमागाँईले बताउनुभयो ।

मकवानपुरमा क्रियाशील पत्रकार गम्भीर रुपमा बिरामी परेमा वा कुनै दुर्घटना भएमा उपचार कोषको ब्याज रकमबाट सहयोग गर्ने गरी एक वर्ष अघि कोषको स्थापना गरिएको कोषका संयोजक एवम् उपाध्यक्ष सरीता दाहालले बताउनुभयो । हालसम्म कोषमा जम्मा भएको रकमको ब्याजबाट जिल्लाका दुईजना पत्रकारको उपचारका लागि सहयोग प्रदान गरिसकेको कोष संयोजक दाहालले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…