सरकार नयाँ गतिका साथ अघि बढ्छ : प्रचण्ड

भगीरथ भण्डारी
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा सरकार नयाँ गतिका साथ अघि बढ्ने बताउनुभएको छ । शनिबार नेकपा प्रचार तथा प्रकाशन विभाग इलामले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले  यस्तो बताउनुभएको हो ।

सरकारका काम हालसम्म जे जसरी अघि बढेपनि अब सरकारका कामले गति लिने अध्यक्ष दाहालको भनाई छ । पार्टी एकिकरणको कामले गर्दा सरकारप्रति जनताको गुनासो आउनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले जनतालाई निराश नबन्न आग्रह गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘जति चाँडो पार्टी एकिकरण टुंगिने आशा गरिएको थियो, त्यो अनुरुप नभएपनि अब पार्टी एकिकरणको काम अन्तिम चरणमा आएको छ र अब सरकारले गति लिन्छ ।’ करिब १५ महिनापछि इलाम आउनुभएका अध्यक्ष प्रचण्डले नेकपा इलामले प्रशंसायोग्य ढंगले पार्टी एकिकरणलाई अगाडी बढाएकोमा खुसी प्रकट गर्दै अन्य जिल्लाहरुले पनि इलामको सिको गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो सल्लाह, छलफल र सहमतीले नै पार्टी एकिकरण भएको हो । फेरि पनि सहमतिकै आधारमा आफुले अध्यक्षका रूपमा  पार्टी चलाउँछु ।’ पत्रकारको एक  प्रश्नमा प्रचण्डले सधैं सहमती अनुसार नै अघि बढ्ने  प्रष्ट पार्नुभयो । प्रचण्डले ‘एक जनाले सरकार चलाउने र एक जनाले पार्टी चलाउने सहमती भएको उल्लेख गर्दै ‘सहमती हुँदा दुई अध्यक्षबीच आधा – आधा कार्यकाल बाँडेर अघी बढ्ने वा यसैगरी पनि अघि बढ्न सकिने धारणा राख्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।