‘शैक्षिक विकासका लागि विद्यालयमा राजनीति बन्द हुनुपर्छ’

पुष्पराज अधिकारी
मकवानपुर । संघीय सरकारका शिक्षा, विज्ञान तथा प्राबिधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक क्षेत्रको विकासका लागि विद्यालयमा राजनीति बन्द गर्न आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले हेटौंडामा आयोजना गरेको प्रदेश स्तरीय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुद्रिढीकरण कार्यक्रममा मन्त्री पोखरेलले भन्नुभयो, ‘शिक्षकलाई राजनीति नगर भन्दिन तर दलको जिम्मेवारीमा रहेर अध्यापन छोड्न आग्रह गर्छु ।’

विद्यालयमा अध्यापन र राजनीति फरक भएकाले कमिटीमा बसेर राजनीति गर्नेले अध्यापन छोड्नु पर्ने मन्त्री पोखरेलको तर्क थियो । अब सबैका सन्तान सामुदायिक विद्यालयमा पढ्ने वातावरणको सिर्जनाका लागि जिम्मेवार बन्न प्रधानाध्यापकलाई निर्देशन दिँर्दै मन्त्री पोखरेलले अब प्रधानमन्त्री र सामान्य नागरिकका सन्तान एकै ठाउँमा पढ्नका लागि सार्वजनिक शिक्षा नीतिलाई अबलम्वन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, मन्त्री पोखरेलले घोकन्ते विद्यालाई अन्त्य गर्दै सिकाई केन्द्रित शिक्षालाई व्यवहारमा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले घोकन्ते विद्या क्षणिक मात्र भएको भन्दै अब सिकाइमा आधारित शैक्षिक प्रणालीको विकास गर्दै शिक्षामा क्रान्तिको आवश्यकता भएको बताउनुभयो ।

प्रदेशका १३ जिल्लामा रहेका विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु सहभागी कार्यक्रममा मन्त्री पोखरेलले शिक्षामा गुणस्तरीयता कायम गर्न समुदायिक विद्यालय अब्बल बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…