डोल्पो महोत्सव सकियो, भेरी करिडोर निर्माणमा जोड

रुपक कुलाल
डोल्पा । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती उपल्लो डोल्पाको धो तराप उपत्यकामा डोल्पो महोत्सव सम्पन्न भएको छ । दर्शन डोल्पाको आर्जन शान्तिको भन्ने मूलनाराका साथ शुरु भएको डोल्पो महोत्सव तथा क्रिस्टल माउन्टेन विद्यालय रजत जयन्ती २०७६ डोल्पोबुद्ध गाउँपालिका अन्तरगत धो तरापमा भएको हो ।

भदौ २४ गतेदेखि शुरु भएको महोत्सव शनिबार सकिएको छ । महोत्सव उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पूर्व मन्त्री जनार्दन शर्मा, पर्यटन राज्यमन्त्री धनवहादुर बुढा, कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेशकै पर्यटनमन्त्री नन्दसिँह बुढासहित नेकपाका विभिन्न नेताको सहभागिता थियो ।

उपप्रधानमन्त्री पोखरेलले भेरी करिडोर चाँडै निर्माण हुने बताउनु भयो । मरिम, तिन्जे, धो हुदैँ सदरमुकाम दुनैसम्म सडक सञ्जाल चाँडै निर्माण हुने उहाँको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले धो तराप उपत्यकामा व्यवस्थित हवाइ मैदान र एकीकृत बस्ती निमार्णमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुर््भएको छ ।

पूर्व मन्त्री शर्माले बजेटको सदुपयोग गर्दै चाँडो भन्दा चाँडो भेरी करिडोर निर्माण हुनुपर्ने बताउनु भयो । उहाँले धो र तिन्जेमा हिमाली बजार निर्माण गरिनुपर्ने र धो मा सुख्खा बन्दरगहा निमार्ण गर्ने सरकारलाई आग्रह समेत गर्नुभएको छ । पूर्व मन्त्री शर्माले चिनियाँ राष्ट्रपतिको नेपाल भ्र्रमणमा भेरी करिडोरलाई वानबेल्ट एण्ड रोडमा समावेश गर्नको लागि प्रताव राख्न सरकारलाई सुझाव दिनुभएको छ ।

पर्यटन राज्यमन्त्रीले भेरी करिडोर निर्माणमा सक्रिय भइरहेको बताउनु भयो । मरिम देखि दुनैसम्म सडक निर्माण हुने आशा पलाएको मन्त्री बुढाको भनाई छ । उहाँले डोल्पा सदरमुकामसम्म सडक सञ्जालले छुँदा बासिन्दा खुशी भएको उल्लेख गर्दै भेरी करिडोरमा बेलिब्रिज पनि निर्माण बनाउनु पर्ने बताउनुभयो ।

प्रदेश अर्थमन्त्री प्रकाश ज्वालाले डोल्पा जडिबुटीको राजा भएको बताउँदै भेरी करिडोर जतिसक्दो छिटो निर्माण गरिने जानकारी दिनुभयो ।
डोल्पो क्षेत्रमा आयोजना भएको महोत्सवले पर्यटन विकासमा कोशेढुङगा सावित हुने आयोजकको दाबी छ । महोत्सवले डोल्पाको पर्यटनको विकासमा टेवा पुर्याइ स्थानीय बासिन्दाको जीवकोपार्जनमा सुधार ल्याउने महोत्सव संयोजन ग्याल्पो डाल्पो भोटेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…