Logo फाल्गुन १५, २०७७ शनिबार


अध्यक्ष र महासचिवले गरे एकअर्कालाई कारबाही

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरी पदबाट बर्खास्त गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

एकअर्काको कार्यशैलि गलत भएको र गरिएका निर्णयहरु अवैध भएको भन्दै दुवैबीच गरिएका आरोपप्रत्यारोपले चरम रुप लिँदा तरुण दलमा यस्तो अवस्था सिर्जना भएको तरुण दलका एक नेताले बताए ।

अध्यक्ष बस्नेतले महासचिव शाहीले अनुशासनहीन काम गरेको आरोप लगाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र पठाएका थिए ।

त्यसलगतै शाहीले पनि बस्नेतलाई एक वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र पठाएका थिए । शाहीले बस्नेतलाई बाढीपीडितका लागि संकलन गरिएको रकम हिनामिना गरेको तथा केन्द्रीय समिति विस्तार नगरेएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।