सवारी दुर्घटनामा ५ को मृत्यु

कपिलवस्तुमा ट्याक्टर दुर्घटनाका मृतक

काठमाडौं । देशका विभिन्न ठाउँमा भएकाे दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बुङ्चिस्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टर दुर्घटना भएको छ । लु३ त ७२७२ नम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक २७ वर्षीय रामु थारु र १७ वर्षीय रंजित बोटेको मृत्यु भएको छ ।

दुर्घटनाका तीन घाइते भएको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

सर्लाहीको बागमती नगरपालिका–८ गिरिटोलस्थित सडकमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । बा३१ प ६८०२ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा ५० वर्षीय पैदलयात्री ईन्द्रबहादुर कुशवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको कालिका नगरपालिका–७ गैडाखोलास्थित सडकमा ट्याक्टरले मोटरसाइकल ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ना३ त १३३५ नम्बरको ट्याक्टरले ना४१ प ९८४९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक २८ वर्षीय बिकाश श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय मुकेश पौडेलको उपचार भइरहेको छ ।

यसैगरी, चितवनको राप्ती नगरपालिका–४ मार्तल पुलस्थित पूर्वपश्चिम राजमार्गमा युपी २१ सिएन ३१८८ नम्बरको भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना१२ प ४९०२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका २५ वर्षीय सरोज तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।