दशैंकाे चहलपहलमा सुनसान पशुपतिनगर बजार

भगीरथ भण्डारी
इलाम । चाडबाड शुरु भै सकेको छ । नेपालीको महान चाड दशैं आउन पनि अब १५ दिन जति मात्र बाँकी छ । चाडपर्वमा हरेक मानिसले खाद्यानसँगै लत्ताकपडा किन्ने गर्दछन् । अन्य बजार भन्दा नाका नजिक रहेको बजारमा केही मूल्य कम हुन्छ भनेर पनि सीमाना नजिकै रहेका बजार जाने चलन छ । तर यसपालि पशुपतिनगरको बजार सुनसान भएको छ । दैनिक लाखौं रुपैयाँको कारोबार हुने पशुपतिनगर नाका सुनसान छ । भारतीय सुरक्षाकर्मीले नाकामा २५ हजारभन्दा बढी नगद बोक्दा जफत गर्न थालेपछि पशुपतिनगर सुनसान बन्न थालेको हो ।

यो समय भीडभाड हुने सिजन हो तर सुनसान छ पशुपतिनगर बजार । नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले शरीर खानतलासी गरेर रकम जफत गर्न थालेपछि पशुपतिनगर बजार सुनसान रहेको उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष लीलादेवी श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार दार्जेलिङबाट दैनिक आउने सयौं भारतीय पर्यटक पशुपतिनगर आएर सामग्री खरिद गर्ने र यसबाट लाखौंको कारोबार हुने गरेको थियो तर अहिले बजारमा चहलपहल नै छैन । पशुपतिनगरका स्थानीय मिलन क्षेत्री खानतलासी बढेसँगै इलामबाट दैनिक बिरामी लिएर जाने गाडी तथा उपचार गर्न जाने बिरामीका परिवार मारमा परेको बताउनुहुन्छ ।

स्थानीय व्यापारीका अनुसार गत वर्ष यो अवधिसम्ममा दैनिक ५० लाखको कारोबार भएको थियो तर अहिले मुश्किलले १० लाखसम्मको कारोबार भएको बताउँछन् । व्यापार सुक्दै जाँदा अधिकांश व्यापारी विस्थापित भएर भारतको सिलिगुडी, काठमाडाैं, विराटनगर, झापाको बिर्तामोडलगायतका शहर गएका छन् ।

इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा उत्पादित सामग्री निर्यात गर्न सहज र छोटो बाटो हुने पशुपतिनगर नाकामा भारततर्फ अध्यागमन र प्लान्ट क्वारेइन्टेन खोल्न पहल गर्न सरकारलाई आग्रह गरेपनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

२०३६ सालमा स्थापना भएको पशुपतिनगर बजारका ९० प्रतिशत ग्राहक भारतीय पर्यटक, व्यापारी र सर्वसाधारण हुने गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।