‘सरकारले अरिंगाललाई अघि सार्दैछ’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ  । प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको हो ।

बैठकको शुरुमै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम बिथोल्ने गरी राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाउनुभयो । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनावद्ध ढंगले बांके घटना गराइएको उल्लेख गर्दै असंवैधानिक र विधि विपरितका क्रियाकलापको निन्दा र भत्र्सना गर्नुभयो । भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित सितापुरमा  कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगालको जसरी प्रवेश गरी कार्यक्रम बिथोल्नुको साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको उहाँको दाबी छ ।

सांसद दिलेन्द्रप्रसाद बडूले सत्तारुढ दलका वडा अध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भुमिका रहेको दाबी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गर्नुभयो । त्यसैगरी, सांसद अमरेश कुमार सिंह लगायत कांग्रेसका सांसदहरुले किटानी जाहेरी दिएका सत्तारुढ दलका कार्यकर्तालाई कारबाही हुन्छ कि हुदैन भनी प्रश्न गर्नुभएको छ ।

रामबहादुर विष्टले सरकार कमजोर भएर प्रतिपक्षी दलमाथि अरिंगाल प्रयोग गर्ने काम भएको आरोप लगाउनुभयो । ‘पञ्चालयत कालमा सरकार कमजोर भयो भने मण्डलेलाई अघि सारिन्थ्यो’ उहाँले भन्नुभयो, ‘अहिले सरकार कमजोर भएर हो कि अरिंगाललाई अघि सारिदैछ । अरिंगाल र मण्डले एकै हुन कि फरक फरक हुन ?’ सांसद गगन थापाले घटनाको तथ्यलाई सरकारले तोडमोड गरेर अपराधीको नाम समेत लुकाएको आरोप लगाउनुभयो ।

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सचेतक पुष्पा भुसाल गौतमले बाँके घटनालाई सामान्य रुपमा लिन नसकिने भन्दै गृहमन्त्रीको जवाफमा प्रतिकार गर्नुभयो । ‘यो सत्ताको उन्मादले हो कि सरकार असफल भएको कुण्ठाले हो ?’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको जनजागरण अभियानका क्रममा बाँकेका सभापति र केन्द्रीय प्रतिनिधिमाथि सांघातिक आक्रमण भएको कुरालाई साधारण भन्न मिल्दैन यसलाई प्रमुख प्रतिपक्षी दलले घोर भत्र्सना गर्दछ । १० जनाको विरुद्धमा किटानी जाहेरी गएको छ । दर्ता गर्नका लागि निर्देशन नदिएसम्म सदनको कारबाही अघि बढ्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…