डोल्पामा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन

डोल्पा । राष्ट्रिय वाणिज्य बैंकले डोल्पामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

डोल्पो गाउँपालिका–१ मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बैंकको २ सय ३८औं शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बैंकका प्रबन्धक होताराम योगी, उपप्रबन्धक लिलाराम ढुंगाना, मुड्केचुला शाखा प्रबन्धक जंगवीर विक तथा सहायक हेमराज बुढाको उपस्थित रहेको थियो ।

जिल्लाको छार्काताङ्गसोङ्ग गाउँपालिका–४ स्थित २ सय ३७औं शाखा कार्यालय पनि आइतबारदेखि नै सञ्चालनमा आएको बैंकले जानकारी दिएको छ ।

बैंकको हाल सातै प्रदेसका ७७ जिल्लामा गरी २ सय ३८ शाखा, २ सय ४ एटिएम र ९३ शाखारहित बैंकिङ सेवा रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आफन्त साथिभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष- स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम छिटो बन्नेछ । मिथुन- सन्तानले…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्रका डीएसपी कविराज…

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बस दुर्घटना भएको छ । बा४ख४४६८ नम्बरको बस आइतबार बिहान ८ः१५ सिन्धुपाल्चाेककाे मुरेस्थित पाँचकिलाे नजिकै…