‘प्रदेश १ काे सुरक्षा अवस्था सन्तोषजनक’

काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।

विराटनगरमा सम्पन्न प्रदेश स्तरीय सुरक्षा गोष्ठीका १४ वटै जिल्ला सुरक्षा समितिका प्रमुखले सुरक्षा अवस्थाकोबारे प्रस्तुत गर्नुभएको छ । मुख्यमन्त्री राईले जिल्लाबाट प्राप्त जानकारीको आधारमा सुरक्षा सन्तोषजनक रहेको  धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले सुरक्षा प्रत्याभुत नभई सुखी र समुन्नत प्रदेशको लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारले तय गरेका कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधारको विकास लगायतका लक्ष्य पूरा नहुने धारणा व्यक्त गर्नुभयो । चन्दा आतंक, मानव बेचविखन, लागु औषध ओसारपोसार, साइबरक्राइम, चोरी, लटपाट, हत्या, हिंसा, बलात्कार जस्ता अपराध देशभरीकै सुरक्षा चुनौति बनेको उहाँको भनाई छ ।

दुई दिनसम्म चल्ने सुरक्षा गोष्ठीमामा समग्र शान्ति सुरक्षाको अवस्था, सुरक्षा चुनौतिका तत्व, विप्लव समूहका गतिविधि र नियन्त्रणमा भएको प्रयास, सीमा क्षेत्रमा हुने अपराध र नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय लगायतका छलफल भएको छ ।

गोष्ठीमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी वलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा सुरक्षा  सल्लाहाकार इन्द्रजित राईले सुरक्षा रणनीति प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…