विप्लव समूहका जिल्ला नेता जेलबाटै नेकपामा प्रवेश

इलाम । नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला नेता दिपेन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । समूहका जिल्ला सचिव राई जेलबाटै नेकपामा प्रवेश गरेका हुन् ।

गएको चैत २० गते पक्राउ परेका राईलाई जिल्ला कारागारमा राखिएको छ । कारागारले विज्ञप्ति जारी गर्दै उनी नेकपामा प्रवेश गरेको जानकारी गराएको छ । राईले विप्लव समूहले लिएको नीतिप्रति असहमति जनाउँदै साधारणसदस्य समेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा छन् ।

विप्लव समूह परित्यागसँगै उनलाई धरौटीमा रिहा गर्ने तयारी भइरहेको छ । जिल्ला अदालतले एक लाख ५५ हजार रुपैयाँ धरौटी माग गरेको र उल्लेखित रकम बुझाउने प्रक्रियामा भइरहेको बुबा हेमप्रसाद राईले जानकारी दिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।