सल्यानमै फर्कियो कृषि कार्यालय

मिना बुढाथोकी
सल्यान । कृषि विकास कार्यालय पुन: सल्यानमा फर्किएको छ । देशमा संघियता लागु भएसँगै सल्यानको साविकको जिल्ला कृषि विकास कार्यालयलाई केन्द्र सरकारको निर्देशन र प्रदेशको मातहतमा कृषि ज्ञान केन्द्र बनाएर एक वर्ष अघि रुकुममा गाभिएको थियो । सल्यानमा कृषि विकास कार्यालय नहुँदा किसानलाई समस्या भएको गुनासो आएपछि कार्यालयलाई सल्यानमै फर्काइएको हो ।

यो सँगै सल्यानका किसानहरु खुशि भएका छन् । कृषि मन्त्रालय अन्तर्गतका काम अब कृषि विकास कार्यालय सल्यानबाटै सम्पन्न हुने भएपछि सहजता भएको हो । जिल्लामा कृषि कार्यालय स्थापना भएपछि रुकुम जानु पर्ने बाध्यता हटेको र कृषकलाइ सहज हुने कृषक लोकराज भण्डारीले बताए ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कार्यालयको उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा मन्त्री ज्वालाले कर्णाली प्रदेशका सबै जिल्लामा कृषि कार्यालय खोलिने जानकारी दिनुभयो ।

कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता हरि प्रसाद पण्डितले किसानको हक हितका लागी काम गर्ने कृषि विकास कार्यालय जिल्ला बाहिर जाँदा किसानहरुलाइ मर्का परेको महसुस गरि कार्यालय पुनस्थापना गरेको उल्लेख गर्नुभयो ।

विगत एक वर्ष देखि कृषि ज्ञानकेन्द्र रुकुम सम्पर्क कार्यालयबाट सल्यानमा सेवा प्रवाह गर्दै हुादै आइरहेकोमा अब तयो समस्या हटेको छ । प्रदेश सरकारको भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको मातहतमा संचालित यो कार्यालय प्रदेश सरकारले अब १० वटै जिल्लामा स्थापना गर्ने भएको छ । यस्तै पशु ज्ञान केन्द्र तथा भेटनरी सेवा पनि प्रत्येक जिल्लामा स्थापना हुने भएके छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…