सरकारलाई सूचना आयोगले दियाे यस्ताे आदेश

काठमाडौं । राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ ।

राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डेंगुे रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

डेंगू रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जानकारी दिनुभयो । आयोगले आइतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुको टोलीसँग परामर्श गरेपछि डेंगु रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारको नाममा आदेश दिएको हो । आयोगको आदेशमा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाबाट डेंगु रोगबाट बच्ने उपायसहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनिएको छ ।

आयोगले डेंगु रोगबाट बच्ने उपायबारे आम संचार माध्यमबाट सूचना प्रवाह गर्न सरकारलाई सचेत गराएको छ । सूचनाको अभावमा रोगबाट मानिसको ज्यान जाने, सही सूचनाको अभावमा आतंकित हुनुपर्ने अवस्था नआओस् भनेर सरकारलाई त्यसबारे सही सूचना जनतालाई उपलब्ध गराउन आदेश दिनु परेको प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जानकारी दिनुभयो ।

मुलुकमा ८ हजार भन्दा बढी डेंगु रोगको बिरामी भेटिएको छ भने ७० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । ६ जनाको ज्यान लिइसकेको रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको सरकारको दाबी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।