एएफसी फुटबल: नेपाल कुवेतसँग भिड्दै

काठमाडौं। जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग भिड्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलंकालाई २–० गोलले हराएको थियो ।

सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा छ । समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रींलंका छन् । प्रतियोगितामा तीन अंक जोर्डन शीर्ष स्थानमा छ । समान तीन अंकसहित कुवेत गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अंकविहीन ताजकिस्तान, श्रीलंका र नेपाल क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणका लागि छनोट हुनेछ । विभिन्न समूहमा विभाजित छनोट खेलमा ४८ राष्ट्र सहभागी छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।