डेंगु रोगबारे पर्याप्त अनुसन्धानः परिषद्

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ ।

डेंगु रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी डेंगु रोगबारे मिहिन ढंगले अनुसन्धानको काम गरिएको प्रष्ट्याएको हो । डेंगु रोग लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भइसकेको परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिनुभयो । उहाँले डेंगु रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभयो ।

परिषदले डेंगु रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालनको काम शुरु गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्ष झाले रोगलाई लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

घरभित्र र घर वरपर विशेष ढंगले सफाई गरे डेंगु रोगको संक्रमण नहुने परिषद्ले जनाएको छ । परिषदले डेंगु रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घरभित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ सचेत गराएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।