कर्मचारीकाे वृत्ति विकासकाे माग गर्दै सिटीइभिटीमा धर्ना

नारायण थापा
भक्तपुर । संगठनको संस्थागत हकहित र कर्मचमरीहरुको वृत्ति विकासको सवालमा व्यवस्थापनसँग मौखिक र लिखित माग राख्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय कर्मचारी संगठनका कर्मचारीले ११ बुँदे माग राखि आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले सिटीइभिटी कार्यालयमा सोमबार धर्ना दिएका छन् । राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष तेजबहादुर खत्रीले व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि हाम्रो मागहरुको सम्बोधन नभएकाले आन्दोलन नै गर्नु परेको उहाँले बताउनुभयो । उहाँले परिषद् र व्यवस्थापनलाई बारम्बार ध्यानाकर्षण अल्टिमेटम दिएर विभिन्न चरणमा गरिएको छलफलमा हाम्रो जायज मागलाई पुरा नगरेकोले बाध्य भएर आन्दोनमा उत्रिएको उहाँले बताउनुभयो । चाँडै नै हाम्रो माग पुरा नभए सिटीइभिटी अन्तर्गतका ४७ वटा केन्द्रका ६ सय कर्मचारीका साथ थप आन्दोलनलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

आन्दोलनमा संगठनका महासचिव नारायण सुवेदीले व्यवस्थानलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि हाम्रो जायज मागहरु पुरा गर्न आलटाल गरेकाले अझ आन्दोलनलाई ससक्त बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । पटकपटक हाम्रो मागहरु मौखिक रुपमा जाँदा समेत मागको सम्बोधन नभएपछि हामीले आगामी दिनमा आन्दोलनलाई देशव्यापी बनाउन तयारी गरिराखेको उहाँले बताउनुभयो ।

हाम्रो मागको सम्बोधन गर्न ढिलाई भएमा चरण वद्ध रुपमा आन्दोलनलाई प्रभावकारी बनाउने संगठनका उपाध्यक्ष स्वस्थानी हमालले बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले सबै मागहरु जायज भएको बताउँदै केही मागहरु पुरा भइसकेको र केही मागहरु पुरा हुन बाँकी भएको उहाँले बताउनुभयो । उहाँले पुरा हुन बाँकी मागहरु व्यवस्थापन समितिको छलफल पश्चात मात्र मागहरुको सम्वोधन हुने बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संगठन विभागमा ३ नेतालाई थपेको छ ।

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…