‘कांग्रेसले संविधान मान्दिन भन्न खोजेको हो ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी  समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पार्नुभएको छ । कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम  संविधानको कुरा उठाउनु संविधान विपरीत भएको उहाँको तर्क छ ।

नेता रावलले सोमबार आयोजित कार्यक्रममा संविधान जारी गर्नुपुर्व नै आफूहरुले नागरिकतासम्बन्धी धेरै चरणमा छलफल गरेको सुनाउँदै भन्नुभयो, ‘नागरिकताजस्तो विषयमा नेपालजस्तो देशले खुकुलो नीति लिन सक्दैन् भनेर हामीले धेरै छलफल गर्यौं । हाम्रा छिमेकी देशहरु भारत, चीन  र अमेरिकामा पनि नागरिकताको विषयलाई खुकुलो बनाएको देखिँदैन् ।’

आफूले संसारभरिका देशको नागरिकताको विषयमा अध्ययन गरेको सुनाउँदै  कुनैपनि देशमा यस सम्बन्धमा खुकुलो बनाएर जानुपर्छ र जसलाई पनि  नागरिकता दिनुपर्छ भन्ने कुरा नपाएको रावलको दाबी छ । पूर्व मन्त्री रावलले संविधान जारी गर्दा  तत्कालिन् सरकारले हतारमा नागरिकता ऐन ल्याएको आरोप लगाउनु भयो । ‘हतारमा ऐन ल्याउनु नै गलत थियो, तर, हामीले धेरै लामो छलफल र बहस गरेर अहिले नेपालको संविधानमा  नागरिकतासम्बन्धी त्यो व्यवस्था गरेका छौं’ उहाँले भन्नुभयो, ‘संविधान अनुसार नेपालको नागरिकता ऐन आउनुपर्दथ्यो । त्यो बेला नागरिकता दिँदा वडा, गाविसका तीन जना राजनीतिक व्यक्तिले सिफारिस गर्दा जसलाई पनि नागरिकता दिइन्थ्यो । गलत तरिका अपनाइयो ।’

रावलले गलत र अवैध तरिकाले नागरिकता दिईएको पाईए तत्काल खारेज गर्नुपर्ने आवाज उठिरहेको सुनाउनु भयो । ‘‘धेरै विदेशीहरुले गैरकानुनी रुपमा नागरिकता पाएको कुरा पनि आएको छ, त्यसमा छानबिन गरेर खारेज गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘२००९ सालदेखि यता प्रत्येक परिवर्तनमा नागरिकतालाई विवादस्पद बनाउने काम गरिएको छ । अनागरिक र विदेशीहरुलाई नेपालभित्र  भित्र्याउने र जनसंख्याको राजनीतिबाट नेपाल राज्यको अस्तित्व समाप्त पार्ने  षड्यन्त्र भइरहेको छ । केही मान्छे अहिले पनि त्यो षड्यन्त्रमा तल्लीन छन् ।’

नेता रावलले राज्य व्यवस्था समितिमा नेपाली कांग्रेसको तर्फबाट अन्तरिम संविधान २०६३ अनुसार नागरिकताको विषयमा जानुपर्छ भन्ने तर्क गरिएको र बालुवाटारमा  पनि त्यही तर्क दिइयो भन्ने आफूले सुनेको उल्लेख गर्नुभयो । ‘यो तर्क सुन्दा  मलाई आश्चर्य लागेको छ । म छक्क परेको छु’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले नेपालको  संविधानलाई मानेरै समर्थन गरेको हो भन्ने कुरा बुझेको हो मैले त । अब अहिले अन्तरिम संविधानअनुसार नागरिकताको विषयलाई टुँग्याईन्छ भन्नु यो सरासर नेपालको संविधानको अवज्ञा हो ।

यदि नेपाली कांग्रेसले २०६३ सालको संविधानमा  फर्केर जानुपर्छ भनेर तर्क दिएको हो भने म यहीँबाट पत्रकार साथीहरुको  माध्यमबाट प्रश्न गर्न चाहन्छु–के नेपाली कांग्रेस नेपालको संविधान २०७२ अब  मान्दिन भन्ने विन्दुमा पुगेको हो ? संविधान मान्दिन भन्न खाेजेको ?’  उहाँले केही–केही मान्छेले यदि नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी  महिलालाई भारतजस्तो ७ वर्षपछिमात्रै नागरिकता दिने हो भने उनीहरुले राहदानी कसरी पाउँछन् ? भनेर चिन्ता र तर्क गरेको पनि आफूले सुनेको बताउनु भयो । ‘मलाई आश्चर्य लाग्छ, त्यसो भए नेपालबाट विवाह गरेर भारत गएका  चेलीहरुले चाहिँ कसरी राहदानी पाउँछन् ?’ उहाँले भन्नुभयो, ‘नेपाली चेलीहरुको बारेमा नेपाली  कांग्रेसलाई कुनै चिन्ता छैन । जो जहाँबाट आएपनि, उनीहरुको आफ्नो देशको  नागरिकता त हुन्छ नि, त्यसको आधारमा राहदानी लिन सकिन्छ ।’

छिमेकी मुलुक भारतमा पनि विवाह गरेर आएका महिलाहरुले नागरिकता प्राप्त  गर्न ७ वर्षसम्म पर्खिनुपर्ने प्रावधान रहेको सुनाउँदै राज्य व्यवस्था समितिले विलम्ब  नगरी अब नागरिकता विधेयक पारित गर्नुपर्ने बताउनु भयो । ‘७ वर्षको  प्रावधान राख्नुहुन्न भनेर तर्क गर्नु राष्ट्रियता विपरीतको तर्क हो’ उहाँले भन्नुभयो, ‘संविधान जारी गर्नुभन्दा पहिले धेरै पटक नागरिकतासम्बन्धी छलफल भएको थियो । म त्यो सबै छलफलमा सहभागी  भएको थिएँ । सबै विषय छलफलबाट नै टुंगो लागिसकेको थियो । फेरि शीर्ष  तहमा छलफल भयो भनेको सुनें । अब फेरि संविधानविपरित जान मिल्दैन् । नेपालको संविधान लागु भैसक्यो । संविधानअनुसार सबै विषयमा निर्णय हुनुपर्छ ।  वैवाहिक नागरिकताको आधारमा सबै चिज खुल्ला राख्नुपर्छ भन्ने कुरा नेपालको  हितमा छैन । यो हुन सक्दैन् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…