मुस्कान खातुन एसिड प्रकरणः अमानवियताको पराकाष्ठा

काठमाडौं । वीरगञ्ज महानगरपालिकाकी मुस्कान खातुन शुक्रबार बिहान विद्यालय जाँदै थिइन् । उनको पिछा गर्दै आएका दुई युवाले एकाएक उनीमाथि एसिड प्रहार गरे । बिहान करिब ६ बजेको समयमा भएको यो घटनामा परी मुस्कानको शरीरको अधिकांश भाग जल्यो । उनलाई उपचारका लागि वीरगञ्ज अस्प्तालमा लगियो तर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं पुर्याइयो । हाल उनको उपचार काठमाडौंमा भइरहेको छ ।

एसिडको कारण मुस्कानको शरीरको दायाँ भागको अनुहार, दुवै हात, घाँटी, छाती, पाखुरा जलेको छ । अस्पतालको शैयामा उनि छटपटाइरहेकी छन् । दुवै आक्रमणकारीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एकतर्फी प्रेमका कारण यस्तो घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । एसिड आक्रमण जस्तो जघण्य अपराधका घटनाका कारण छात्राको मानसिकता त्रासले विछिप्त हुन थालेकाे छ ।

मुस्कानलाई भएको एसिड आक्रमण तथा यसपछि छात्रामा देखा परेको मनोवैज्ञानिक त्रासका बारेमा जनता टेलिभिजनको कार्यक्रम सिएमडब्लुले स्थलगत अध्ययन गरी तयार पारेको यो भिडियोः

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।