सय सुपरमार्केटः पाँच हजारलाई रोजगारी

बेलायत । जर्मनीको प्रसिद्ध सुपरमार्केट कम्पनी अल्दीले आगामी दुई वर्षमा सयभन्दा बढी सुपरमार्केट बजार विस्तार गरी पाँचहजारको संख्यामा रोजगारी सिर्जना गर्ने बताएको छ ।

कम्पनीले हाल सञ्चालनमा रहेका ८ सय ४० सुपरमार्केटलाई सन् २०२५ को अन्त्यसम्ममा एक हजार दुईसय पु¥याउने बताएको छ ।

संयुक्त अधिराज्य र आएरल्याण्डका लागि कम्पनीका प्रमुख व्यवस्थापक गिल्स हर्लेले भन्नुभयो, ‘हामीले बजार विस्तारलाई बेलायतका सम्पूर्ण भागमा पु¥याउने योजना रहेपनि तत्काल थप हुने पसललाई भने लण्डनमा नै स्थापना गरिने छ ।’

अल्दीको स्वदेशी प्रतिस्पर्धी लिडलले बेलायतमा ४० स्थानमा बजारलाई विस्तार गरी एक हजार पाँच सय जनालाई रोजगारी दिने योजना सार्वजनिक भएको तीन महिनापछि अल्दीले पछिल्लो योजना ल्याएको हो।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।