कराँते टोलीको बिदाइ

काठमाडौं । पाँचौ विश्व गोजुरियो कराँते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ । असोज २ देखि ६ गतेसम्म मलेसियाको कोलालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दीपेश अधिकारीले ५० केजी तौल समूहको कुमुतेमा प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै निरज घिमिरेले ४५ केजी, नीता तामाङले ५५ केजी, सुरज तामाङले ६५ केजी, सरोज कार्कीले ७५ केजी, सरलराज तामाङले ५५ केजी, करुणा कामीले ५० केजी, आरती गुरुङले ५५ केजी र सुमिना थापा मगरले ५० केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अफिसियलमा रोहित क्षत्री, डेभिड गुरुङ, सजना कुँवर, सपना कार्की र राजीव श्रेष्ठ छन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सुमन तिमल्सिनाले निर्वाह गर्ने छन् ।

टोलीलाई जापान गोजुरियो कराते डो केन्बोकाइ संघका अध्यक्ष विदुर कुँवरले बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवम ठुलाबडाको साथ मिल्नेछ राजनीतिक क्षेत्रबाट लाभ एवम काममा प्रगति हुनेछ ।

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।