Logo फाल्गुन २१, २०७७ शुक्रबार


शेयरमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी बढाउन वित्तीय संस्थालाई आग्रहगर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन शेयर बजारमा लगानी बढाउन वित्तीय संस्थालाई सचेत गराउनुभएको हो ।

मन्त्री खतिवडाले कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सव आयोजित कार्यक्रममा उहाँले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाको ब्याजदर बढेको तथा राजनीतिक स्थायित्व कायम भएकाले शेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको स्मरण गराउनुभयो । शेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाई छ ।

अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न वित्तीय संस्थालाई निर्देशन दिनु भयो । उहाँले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।