रोकिराखेको बसले किच्दा १ को मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौं र कालिकोटको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ बनस्थली अन्नपूर्णा चोकस्थित सडकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु भएको छ ।

बा ३ ख १८३३ नम्बरको बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएकाे हो । दुर्घटनामा काठमाडौं महानगरपालिका नम्बर १६ देवनगरका २० वर्षीय सम्मान भट्टराईको जीवन गुमेको छ । भट्टराईको साइबाबा अस्पताल ढुंगेधारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कालिकोट, तिलागुफा नगरपालिका वडा नम्बर १ नाग्म बजारस्थित सडकमा यात्रु चढाउन रोकी राखेको बस अचानक गुडेर युवकलाई किचेको छ । रोकिराखेको ना ३ ख ७६६४ नम्बरको बसले जुम्ला सिजा गाउँपालिका १  का ३१ वर्षीय नन्दबहादुर शाहीलाई किचेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेको जुम्ला अस्पतालमा उपचार भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।