डेंगुको भाइरस अध्ययन गर्ने केमिकल अभाव

पुष्पराज अधिकारी
मकवानपुर । देशभर लामखुट्टेको टोकाईबाट डेंगुका भाइरस फैलिइरहेको छ । प्रदेश ३ मा मात्रै ४हजार बढी डेंगुका बिरामी फेला परिसकेका छन् । तर डेंगु फैलाउने लामखुट्टेको अझै नियन्त्रण हुन सकेको छैन ।

डेंगु फैल्याउने लामखुट्टेमा कस्तो प्रकारको भाइरस छ भनि अध्ययन गर्ने हेटौंडास्थित प्रयोगशालामा भने अहिलेसम्म केमिकल अभावकै कारण त्यसको अध्ययन गर्न समस्या भइरहेको छ । एउटा सिजनमा देखिएको भाइरसले अर्को सिजनमा आफ्नो रुप परिवर्तन गर्न सक्ने विज्ञको भनाइ छ ।

लामखुट्टेमा कस्तो भाइरस छ, त्यो भाइरसमा कस्तो परिवर्तन देखिन्छ भनि अध्ययन हुनु आवश्यक रहेको विज्ञको सुझाव छ । तर हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा भएको ल्याबलाई सरकारले केमिकलको व्यवस्थापन नगर्दा यसको अध्ययनमा समस्या देखिएको हो ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा ल्याबमा परीक्षण गर्ने केमिकल उपलब्ध गराउन हेटौंडा उपमहानगरपालिका र प्रदेश सरकारबीच समन्वय भइरहेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले बताउनुभयो । डेंगु रोगको दीर्घकालिन समाधानका लागि संक्रमित लामखुट्टे अध्ययन गरी भाइरसको पहिचान हुनु आवश्यक हुने किट विज्ञ (इन्टोमोलोजिष्ट) शिशिरकुमार पन्तले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ ।…

सांकेतिक तस्बिर एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले…

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस…

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् ।…

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी…

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ  ।  महानगरले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक बिदा दिएको हो…