नागरिकता विधेयक रोक्न कांग्रेस सांसदहरुलाई निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस नागरिकता विधेयक रोक्ने याेजनामा लागेको छ । कांग्रेस नागरिकता विधेयक संसदबाट रोक्ने तयारीमा लागेको हो ।

विधेयक लामो समयदेखि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ । छलफलमै रहेकाे विधेयकमा नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलाले ७ र नेपाली महिलासँग विहे गर्ने  विदेशी पुरुषले १५ वर्षमा अंगीकृत नागरिकता पाउने व्यवस्था उल्लेख गरिएको छ । कांग्रेसले त्यसप्रति असहमति जनाएको छ ।

कांग्रेसले त्यो प्रावधानमा उल्लेख गरिएको वर्ष घटाउनु पर्ने बताउँदै आएको छ । कांग्रेसले सांसदहरुलाई विधेयक रोक्न निर्देशन दिएको छ । विधेयकबारे छलफल गर्न कांग्रेसले बुधबार संसदीय दलको बैठक राखेको थियो । बैठकमा सभापति शेरबहादुर देउवाले सांसदहरुलाई विधेयक रोक्न निर्देशन दिनुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।