एक घण्टामा दुई ठूला बिस्फोट, ४८ को मृत्यु

अफगानिस्तान ।  एक घण्टाकाे बीचमा भएका दुई ठूला  बिस्फोटमा  ४८ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी बिस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुका साथै अरु ३२ जना घाइते भएको पुष्टि गरिएको मङ्गलबार स्थानीय अस्पताल स्रोतले जनाएको थियो । तर बुधबार मृतकाे संख्या बढेर ४८ पुगेको पारवान अस्पतालका निर्देशक डा. अब्दुल कासिम साङ्गीनले एएफपीसँग बताउनुभएको छ ।

राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस बिस्फोटमा परी मारिने र घाइते हुनेहरूमा महिला तथा बालबालिकासमेत रहेका छन् । बिस्फोटका समय राष्ट्रपति घानी भने करिब एक किलोमिटर टाढा रहनुभएको बताइएको छ ।

एक घण्टापछि तालिवानले दाबी गरेको अर्को बिस्फोट अमेरिकी दूतावासनजिकै मध्य काबुलमा भएको थियो । यस बिस्फोटमा परी २२ व्यक्ति मारिनुको साथै अन्य ३८ घाइते भए थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…