‘डेंगुले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने स्थिति छैन’

काठमाडौं । सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने स्थिति नरहेको स्पष्ट पारेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु संक्रमण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने तहसम्म नरहेको स्पष्ट पार्नुभएको हो ।

मन्त्री यादवले नेपालमा मात्रै नभई विश्वका अन्य मुलुकमा पनि डेंगुको संक्रमण देखिएको उल्लेख गर्दै नेपालको डेंगु संक्रमण जटिल किसिमको नभएको दाबी गर्नुभयो । ‘हामी कहाँ यो रोग पनि अन्य मुलुकमा जस्तै जटिलतायुक्त डेंगु रोग अत्यन्त न्यून रुपमा मात्र देखिएका छन्’ उहाँले भन्नुभयो, ‘मृत्युदर अत्यन्तै न्यून छ । आपतकालीन अवस्था घोषणा गर्नुपर्ने स्थिति छैन ।’

मन्त्री यादवले डेंगु लगायत प्रकोप नियन्त्रणका लागि संघीय सरकारबाट प्रदेशमा ६ करोड १७ लाख र ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपैया पठाइएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…