वीरगंज । ग्लोबल आइएमई बैंक र नारायणी बयोधा अस्पतालबीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरु मा दिने छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगंज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पतालका मानव संशाधन प्रबन्धक अशु शर्माले हस्ताक्षर गर्नुभएको छ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थासँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।
सम्झौता पश्चात नारायणी बयोधा, वीरगंजमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट ,क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले १४५ वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८८शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्पmत आफ्ना ११ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ ।