संविधान दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम

काठमाडौं । संविधान दिवसको अवसरमा सांस्कृतिक संस्थानले बुधबार एक विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारले संविधानका बारेमा एवं नेपाल भ्रमणवर्ष २०२० का विषयमा तयार पारिएका गीत प्रस्तुत गरेका छन् । कलाकारहरुले विभिन्न सांगीतिक धुनका साथै साकेला, धिमे, सखिया, हुड्केली नृत्य पनि प्रस्तुत गरे ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, उपकुलपति डा। जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन, सदस्यसचिव श्याम तमोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के.कर्माचार्य एवं विभिन्न मन्त्रालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले श्रोतसाधनको कमी भएपनि मनहरु दृष्टिकोणहरु फराकिलो भएको बताउनुभयो । मन्त्री भट्टराईले समस्यालाई सामूहिक ढंगले हल गर्ने प्रतिवद्धता जनाउनुभयो । कलाकार तथां स्रष्टाका समस्यालाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ ।

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्माले संस्कृतिमन्त्रीले संस्थानप्रति देखाएको चासोप्रति प्रशंसा व्यक्त गर्नुभयो ।

 कार्यक्रममा सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउनुभएका गायक प्रेमध्वज प्रधान र गायिका ज्ञानु राणालाई १०–१० हजार नगदसहित सम्मान गरिएको थियो । गायक प्रधानले ‘माया नमार मायालु’ र गायिका राणाले सरस्वती वन्दनाको साथमा ‘कसैले बुझेन मेरो मनको बहलाई’ बोलको गीत प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…