सरकारी कर्मचारीलाई स्वदेशी कपडा लगाउन बाध्यकारी कानुन

काठमाडौं । सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभएको हो ।

खतिवडाले त्यसका लागि गुणस्तरीय उत्पादन र त्यसको मूल्य सहज बनाउन स्वदेशी कपडा उद्यमीलाई सचेत गराउनुभयो । काठमाडौंमा शुरु भएको ‘यार्न एण्ड टेक्सटाईल एक्स्पो–२०१९’ को बिहीबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्वेदशी उद्यमलाई आत्मनिर्भर बनाउन सरकारले १५ प्रतिशत संरक्षण दिने व्यवस्था गरेको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन निजी क्षेत्रलाई आह्वान गर्नुभयो । उहाँले हेडौडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको र केही दिन भित्रै त्यसलाई मन्त्रिपरिषदबाट पारित गराउने जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले सरकारले स्वेदशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार दरमा सहुलियत दिइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…