‘विधेयकले संविधानलाई कमजोर बनायो’

उमा अधिकारी
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानलाई सरकारले नै कमजोर बनाएको बताउनुभएको छ ।
नेपाल प्रेस यूनियनद्वारा बिहीबार आयोजित कार्यक्रममा पूर्व महामन्त्री सिटौलाले आयोजित कार्यक्रममा सरकारले संविधान विपरीत विधेयक ल्याउने गरेको उल्लेख गर्नुभयो । ‘त्यसरी ल्याइएका विधेयकले संविधानलाई कमजोर बनाएको छ’ उहाँले भन्नुभयो, ‘सरकारका निर्णय तथा कार्यशैली पनि संविधानलाई कमजोर पार्ने खालका छन् ।’
पूर्व महामन्त्री सिटौलाले संविधानमा नागरिकको मौलिक अधिकार ग्यारेण्टी गरेको तर त्यसको कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो । ‘सरकारले जनचाहना अनुसार काम गर्न सकेन’ उहाँले भन्नुभयो ।
पूर्व महामन्त्री सिटौलाले नेपाली कांग्रेसलाई आगामी दिनमा सुदृढ पार्दै लगिने प्रतिवद्धता समेत जनाउनुभएको छ ।