बाढीका कारण २० हजारकाे विचल्ली

थाइल्याण्ड । प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडित बाढीका कारण विभिन्न ठाउँमा फसेको जनाएको छ ।

विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० हजार ६ सय २० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशमा फसेका छन् । विभागका महानिर्देशक चायाफोल थितिसकले बाढी पहिरोबाट ३२ प्रदेश प्रभावित भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

ती प्रदेशहरूमा पोडुल र काजिकी नामक आँधीले दक्षिण पश्चिम क्षेत्रमा वर्षा पारेको उहाँले बताउनुभयो । गत अगस्त २९ देखि अहिलेसम्मको यो प्राकृतिक प्रकोपका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको उहाँले जानकारी दिनुभयो ।

महानिर्देशक थितिसकले बाढी, पहिरो, अत्यधिक वर्षालगायतले उत्पन्न गरेको समस्याबाट देशभरका १ सय ८२ जिल्ला र ७ हजार एक सय १५ गाउँ प्रभावित भएको बताउनुभयो । उनीहरू प्राय उत्तरपूर्वी, उत्तरी र पूर्वी क्षेत्रका रहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।