सुत्केरीलाई पाँच हजार

काठमाडौं । सिन्धुलीको तीनपाटन गाउँपालिकाले बर्थिङ सेन्टर भएका स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन थालेको छ । घरमै सुत्केरी गराउँदा आमा र नवजात शिशु खतरामा पर्ने गरेको भन्दै दुर्गम क्षेत्रका अधिकांश गर्भवतीका लागि यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष पदममाया तामाङले जानकारी दिइन् ।

स्वास्थ्य संस्थामा गई सुत्केरी हुने आमालाई सरकारले एकमुष्ट २ हजार ८ सय दिँदै आएकोमा त्यसमा थपेर गाउँपालिकाले ५ हजार रुपैयाँ दिन थालेको हो ।

सरकारले तोकेअनुसार समयमा नियमित गर्भ जाँच गर्ने र सूचीकृत स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुने आमालाई ०७६–०७७ को पहिलो महिनाबाट ५ हजार रुपैयाँ दिन थालिएको उपाध्यक्ष तामाङले बताइन् । अन्नपूर्णमा समाचार छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।