इरानविरुद्ध गठबन्धन बनाउने अमेरिकी तयारी

अमेरिकाले विभिन्न राष्ट्रहरुसँग मिलेर इरानविरुद्ध गठबन्धन बनाउने तयारी शुरु गरेको छ । गत हप्ता साउदीको तेल प्रशोधन केन्द्रमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाइरहेको अमेरिकाले इरानबाट हुन सक्ने खतरा रोक्न गठबन्धन बनाउने तयारी गरेको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका अमेरिकी राष्ट्रपतिले मध्यपूर्वी तनावको शन्तिपूर्ण अवतरण खोजिरहेको बताएका छन् । पोम्पेओले साउदी तथा युनाइटेड अरब इमिरेट्सका नेताहरुका साथै आबुधावीका राजकुमार समेतसँग गत साता साउदीमा भएको हमलाकाबारेमा कुरा गर्दै अमेरिकाले शान्तिपूर्ण समाधानका लागि नै मध्यपूर्वी राष्ट्रहरुसँग समेत गठबन्धन गर्दै अघि बढ्न चाहेको बताएका हुन् ।

पोम्पेओले कुन कुन देशसँग गठबन्धनको विषय अघि बढेको भन्नेबारे भने प्रष्ट पार्न चाहेनन् । तर मध्यपूर्वी शान्तिका लागि अमेरिकाले कुटनैतिक पहल थालेको र विभिन्न देशहरुसँगको गठबन्धन पहल त्यसैको पाटो भएको अमेरिकी विदेशमन्त्री पोम्पेओको भनाई छ ।

युएई, साउदी अरेबिया, बेलायत, बहराइन लगायतका राष्ट्रहरु अमेरिकासँग सहकार्यका लागि तयार रहेको बताइएको छ भने इराकले अमेरिकी प्रस्ताव अस्वीकार गरेको रोयटर्समा उल्लेख छ । यस्तै अमेरिकी कदमले मध्यपूर्वमा थप तनाव बढ्न सक्ने भन्दै अधिकांश युरोपियन देशहरुले सहकार्यको प्रस्ताव स्वीकार गरेका छैनन् ।

इरानले भने साउदीमा भएको हमलामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै, अमेरिकाले कुनै पनि अवान्छित गतिविधि गरेमा मध्यपूर्वलाई युद्धमा धकेल्ने चेतावनी दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…