‘खरको छानो नहुँदा ओडारमा बास बस्थ्यौं’ (भिडियोसहित)

काठमाडौं । मुलुकमा तलब नलिने जनप्रतिनिधि मध्येका एक बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीकाे जीवन कहानी मार्मिक छ ।  गरिब परिवारमा हुर्किएपनि नेपाली अहिले त्यस ढाेरपाटनकाे विकासका खम्बा बनेर उदाएका छन् । गाउँ ठाउँको विकासका पूर्वाधार एवम् विकासलाई आफ्नो प्रमुख कामको रुपमा लिएर नेपाली  लाेभ लाग्दाे गरी जागेका छन् ।

सरकारबाट पाएको सेवा सुविधासमेत नलिएर गरिब दुःखी जनताका निम्ती नेपालीले केवल समयमात्र हाेइन् पैसासमेत खर्च गर्दै अाइरहेका छन् । नेपालीले त्यस क्षेत्रमा ६ सय गरिब परिवारको घरको छानो निर्माणमात्र हाेइन् ६० भन्दाबढि सामुदायिक विद्यालयमा आफ्नै खर्चबाट शिक्षक समेत राखिदिएका छन् । नेपाली अहिले त्यहाँका गरिब, दुखी र पिछडिएका वर्गको जीवनस्तर उकास्नमा अहाेरात्र खटिइरहेका भेटिन्छन् ।

जनता टेलिभिजनको कार्यक्रम ‘स्थानीय सरकारमा’ नेपालीले भने, ‘म एउटा गरिब परिवारको छोरा, मेरा पूर्खा लुगा सिलाएर गुजारा चलाउँथेँ हामी बस्ने खरको छानो पनि थिएन, ओडारमा बसेर जीवन धानेका थियौँ । सबैको कसरतपछि खरको छानोमा बस्न सक्ने भएका हौँ ’ यस्तै दुःख भोगेकाले मैले नै त्यस क्षेत्रका गरिबको मुहारमा खुसी ल्याउनुपर्छ भन्ने भावना जगाएर समाजसेवामा लागेकाे हुँ ।’

१४ वर्षको उमेरसम्म पनि मैले चप्पल देखेको थिइँन, त्यहाँका जनताको जीवनस्तर साह्रै नाजुक थियो । त्यसैलाई आत्मसाथ गर्दै अहिले सेवा जुटेकाे छु ।  सामूहिक कृषि फर्म, हाते कागज, कम्बल लगायतका साम्रगीको उत्पादनलाई जोड दिएर रोजगारीको सिर्जना गर्ने नेपालीकाे मूख्य  लक्ष्य रहेको छ ।

भिडियाे हेर्नुहाेस् :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ । वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ । मिथुन–…

धनुषा । पटकपटक दुख्छ तराई । कहिले प्राकृतिक प्रकोपले आहत हुन्छ । कहिले भोकले पनि बसिसुख न उठिसुख बनाउँछ ।…

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ…

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।…