Logo माघ ११, २०७७ आइतबार


सर्वसाधारण संविधान दिवसकाे विशेष कार्यक्रम हेर्नबाट वञ्चित

काठमाडौं । संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् ।

सरकारले सर्वसाधारण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला टुँडिखेलमा विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाटै बञ्चित भएका हुन् । मुल कार्यक्रम स्थलमा प्रवेश नपाएपछि पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउदै हटाएपछि सर्वसाधरण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन् ।

राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको टुंडिखेल भित्र आयोजित विशेष कार्यक्रममा सर्वसाधरणले प्रवेश त पाएनन् नै सुरक्षाकर्मीले पर्खालमा बसेर हेर्न पनि दिएनन् । सबैलाई सहभागी भएर हर्षोल्लास पुर्वक संविधान दिवस मनाउन उर्दी पनि जारी गर्ने अनि कार्यक्रममा सहभागी हुन गएका सर्वसाधरणलाई कार्यक्रम हेर्नबाटै रोक्ने सरकारको व्यवहारले सर्वसाधरणलाई निकै दुखी बनायो ।

कार्यक्रम स्थलमा प्रवेश गर्न नपाएपछि तेह्थुम सोल्मा गाविस वडा नम्बर ७ की पार्वती कार्कीको मन दख्यो । उपचारका लागि राजधानी आएकी पार्वती सरकारले आव्हान गरेको संविधान दिवसको कार्यक्रममा सहभागी भई हर्षोल्लास साट्नुको साथै केही अनुभव पनि बटुल्न चाहन्थिन् तर पर्खालबाहिर बसेर पनि हेर्न नपाएपछि निकै दुखी भइन् ।

बुढानिलकण्ठकी कमला बोहरा छोराछोरीलाई लिएर ऐतिहासिक महत्वको संविधान दिवसको कार्यक्रम देखाउन आइन् तर हेर्न पाइनन् । उल्टै सवारीको समय भयो भन्दै सुरक्षाकर्मीले झण्डै डेढघण्टा जहाँको त्यही रोकिदिए ।

विराटनगरका गुरु अधिकारी र कृष्ण दाहालको अवस्था पनि उस्तै रह्यो । कार्यक्रम स्थलमा छिर्न त पाएनन् नै पर्खाल बाहिर बसेर पनि हेर्न नपाएपछि सडकमै बसेर आँखा तन्काई तन्काई हेर्न बाध्य भए ।

सानोठिमीका महेश दाहाल भने कार्यक्रम स्थलमा प्रवेश नपाएकोमा दुखी त हुन त भएन तर संविधान दिवस मनाए जसरी नै सरकारले संविधानमा निहित नागरिकको अधिकार प्रत्याभुत गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।

संविधानमा सबैको अपनत्व महशुस गराउनका लागि सबैको अनिवार्य सहभागिताको कुरा सरकारले जोड जोडले गरेको भएपनि सर्वसाधरणलाई मुख्य कार्यक्रम हेर्नबाट रोक लगाएपछि टुँडिखेल पुगेर कार्यक्रम हेर्न नपाएका सर्वसाधरण सरकारप्रति रुष्ट देखिएका थिए । संविधान दिवस मुलुकभर मनाइएको छ ।

संघीय सरकारले मूल कार्यक्रम राजधानीको टुंडिखेलमा आयोजना गरेको हो । त्यसैगरी प्रत्येक प्रदेशमा आयोजित कार्यक्रमलाई प्रदेश प्रमुखहरुले सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।