सनराइज बैंकको डेंगु रोग सम्बन्धी जनचेतना

दमौली । सनराइज बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा सनराइज बैंक दमौली शाखाले बुधबार व्यास नगरपालिका–२ केराघारीमा केराघारी आधारभूत स्वास्थ्य चौकी र सामाधान हस्पिटल प्रालिको प्राबिधिक सहकार्यमा डेंगु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

व्यास नगरपालिका–२ का वडाध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सनराइज बैंक दमौली शाखाका शाखा प्रमुख किर्तीमान राणाले संचालन गर्नु भएको थियो ।

दुईसय भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा समाधान हस्पिटल प्रालिका चिकित्सक श्रीराम चन्द र व्यास नगरपालिका–२ केराघारी आधारभूत स्वास्थ्य चौकीका प्रमुख सुनिल अधिकारीले डेंगु रोग तथा यसबाट बच्ने उपायबारे बोल्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुको सामान्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बैंकले असोज महिनालाई १२औं वार्षिक उत्सवको महिनाको रूपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजिकै शनिबार बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।…

फाइल फाेटाे दाङ । घोराहीमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय…

संस्थाको पाँचौं साधारणसभा आगामी मंसिर २८ गते काठमाडौंमा हुन लागेको हो ।

मेष– नयाँ कामको थालनी हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं नयाँ काममा खर्च बढ्नेछ । व्यापार व्यवसायमा…

मेष- आम्दानी राम्रो हुनेछ । कार्यमा सफलता मिल्नेछ । वृष- प्रतिष्ठाको योग बन्नेछ । नोकरीमा फाईदा हुनेछ । मिथुन- विदेशबाट…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…