संविधान स्वीकार गर्न सकिएन

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको बताउनुभएको छ ।

संयोजक यादवले संविधान संशोधन गर्नुपर्ने आफनो पार्टीको माग सम्बोधन नगरेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । ‘अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन,’ उहाँको भनाइ थियो, ‘ठूला दलले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्वीकार गर्ने अवस्था रहेन ।’

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाईको बल मिचाईमा प्राप्त संघीयता र गणतन्त्र नमास्न सरकारलाई सचेत गराउनु भयो । उहाँले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी दिनुभयो ।

संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।