तपाईंको यो साता (असोज ५ देखि ११ गतेसम्मकाे राशिफल)

मेष– नयाँ ठाउँको भ्रमण एवं पारिवारीक भेटघाट रहनेछ । धन सम्पत्तिको कारोबार बढ्ने एवं छोटो यात्राको तय हुनेछ । मानसिक आत्मबल बढ्नाले काम छिटो पूरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारिवारीक समस्या एवं मानसिक अशान्ति बढ्नेछ । पारिवारीक सरसल्लाह नमिल्नाले योजनामा अवरोध आउनेछ ।

वृष– साथीभाइसँग मनोरञ्जनमा खर्च हुनेछ । नयाँ मित्र भेटघाट एवं साथीभाइसँग घुमफिर रहनेछ । भोजभतेरमा सहभागी भइने एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेश सम्बन्धी कामबाट फाइदा एवंजिम्मेवारी थपिनेछ ।

मिथुन– यात्रामा अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबार घट्ने एवं यात्रामा समस्या आउन सक्छ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुने, पारिवारीक सहयोग मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ ।

कर्कट– साथी सहयोगले आम्दानी बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवम आकस्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवं विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवं काममा बाधा आउनेछ । साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ ।

सिंह– सामाजिक मानसम्मानको योग रहेको छ । काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवं भोगविलासमा खर्च हुनेछ । नयाँ मित्रसँग भेटघाट एवं आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुनसक्नेछ ।

कन्या– धार्मिक काममा रुचि आउनेछ । परोपकारमा मन जाने एवं सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवं ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा कारोबारमा वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवं कृषि चौपायामा सफलता मिल्नेछ ।

तुला– कारोबारमा अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध मिल्नेछ । आलोचनाको भय रहनेछ । साताको मध्यमा भने लामो यात्राको तय हुने एवं धर्म कर्ममा खर्च हुनेछ । साताको अन्त्यमा भने सरकारी क्षेत्रमा फाइदा नोकरीबाट लाभ एवं काममा प्रतिष्ठा मिल्नेछ ।

वृश्चिक– खानपिनको सुख एवं पारिवारीक जमघट रहनेछ । प्रेममा प्रगति एवं ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यवसायिक यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्नेछन् एवं अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं आँटेको कुरामा फाइदा मिल्नेछ ।

धनु– दौड धुपले स्वास्थ्यमा समस्या आउनेछ । मातृपक्षसँग मनमुटाव एवं स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवं परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ति एवं कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने शुरु गरेको काम रोकिने, स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ ।

मकर– अध्ययन कला, संगीतमा रुचि जानेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ । खेलकुदमा सफलता मिल्ने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ । साताको अन्त्यमा भ्रमण हुने, साथीभाइ भेटघाट रहने तथा व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ ।

कुम्भ– धनको विवादले पारिवारीक समस्या आउनेछ । सरसल्लाह नमिल्नाले काम रोकिनेछ । जग्गाजमिनको विवाद एवं मानसिक तनाव बढ्नेछ । साताको मध्यमा भने आयस्रोत बढ्ने, विद्यामा रुचि जाने एवं सन्तानको माया मिल्नेछ । साताको अन्त्यमा भने काममा समस्या आउने, अरुले बिगार्न खोज्ने तथा स्वास्थ्यले समस्या दिनेछ ।

मीन –जिम्मेवारी थपिनाले काममा यात्रा धरै हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् । भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने सन्तानको सहयोग मिल्ने, विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा सन्तोष मिल्नेछ । सवारी साधनको सुखमिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।