राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि जुटौं

पुष्पराज अधिकारी
मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध मुलुक निर्माणबाट मात्रै संविधान मजबुद हुने बताउनुभयो ।

चौथो संविधान दिवसमा प्रदेशको राजधानी हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले अब देशको समृद्धिका लागि जुट्न युवाहलाई आव्हान गर्नुभयो । अरुलाई दोष लगाएर पन्छने छुट नरहेको भन्दै उहाँले अब सबैको मेहनत राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि हुनुपर्ने बताउनुभयो ।

संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक नीति नियम, पूर्वाधार र जनशक्ति व्यवस्थापनको काम पुरा गरेको बताउँदै मूख्यमन्त्री पौडेलले गतवर्षको अनुभवको आधारमा बजेट कार्यान्वयन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मुलुकमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै अब कुनै पनि वहानाबाट पन्छने छुट जिम्मेवारीमा रहेकालाई नभएको भन्दै मुलुकको समृद्धिका लागि जुट्न सबैलाइ आव्हान गर्नुभयो।

संविधान दिवस मूल समारोह समितिको आयोजनामा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको थियो । भुटनदेवी स्कूल चौरबाट शुरु भएको प्रभातफेरी हेटौँडा बजारका विभिन्न भाग परिक्रमा गरी मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर टुंगिएको थियो ।

मकवानपुर क्याम्पसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले झण्डोत्तोलन गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संगठन विभागमा ३ नेतालाई थपेको छ ।

बैठकमा आज हुने चियापान कार्यक्रमकाे साथै मुलुकको समसामयिक विषयमा छलफल हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यानमारको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…