जनचाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयन र समृद्धिको जनचाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको बताउनु भएकाे छ ।

संविधान दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको खुलामञ्चमा आयोजित एक भव्य समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताउनु भएकाे हाे ।

संविधान दिवसको अवसरमा भएको विशाल सभालाई सम्बोधन गर्दै मुख्य मन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पुरा गर्दै समृद्ध कर्णाली निर्माणको अभियानमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको हो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बनेको डेढ वर्षको अवधिमा अत्यावश्यक कानुन तर्जुमा, प्रदेश सरकारको संगठन संरचना तर्जुमा एवं आवश्यक कार्यालयको स्थापना, योजना आयोगको गठन, आपतकालीन उद्धार तथा राहत वितरण, सबै नागरिकको विपद दुर्घटना बीमा लगायतका उल्लेखनीय काम सरकारले गरेको बताउनुभयो ।

प्रशासनिक संरचना, कानुन, जनशक्तिको अभाव तथा अनुभवजन्य कमजोरीका भए तापनि छोटो समयमै कर्णाली प्रदेश सरकार विकास र समृद्धिको जग निर्माण गर्न सरकार सफल भएको मुख्यमन्त्री शाहीको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।