सि जिनपिङका विचार र बिआरआईमाथि विमर्श हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङका विचार र चीनको बिआरआई योजनाबारे एक विचार गोष्ठी आयोजना गरिने भएको छ । चीनले बिआरआई योजनाका माध्यामबाट विश्व व्यवस्था बदलिइरहेको संकेत गरिरहेको परिप्रेक्षमा गोष्ठी आयोजना हुन लागिरहेको हो ।

कार्लमाक्स द्वीशतवार्षिकी समारोह समिति प्रदेश नम्बर ३ को आयोजना गर्ने गोष्ठीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले ‘सि जिनपिङका विचार र बिआरआई : के विश्व व्यवस्था बदलिँदै छ ?’ भन्ने शीर्षकमा प्रस्तुती दिनुहुने बताइएको छ ।

पछिल्लो विश्व राजनीतिका समसामयिक पक्षमाथि विमर्श गरिने कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गणेश शाह तथा जनगणतन्त्र चीनका लागि पूर्व नेपाली राजदुत तथा नेकपाका नेता टंक कार्कीले आ-आफ्नो विचार राख्नुहुने आयोजकले जनाएको छ ।

नेपाली राजनीतिमा चिनियाँ राष्ट्रपतिका विचार तथा बिआरआई योजनाको प्रभावबारे समेत गहिरो छलफल हुने विश्वास गरिएको गोष्ठी  आगामी शनिबार (४ गते) प्रज्ञा प्रतिष्ठान कमलादिमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…