इलाममा ‘पर्यटनको लागि साहित्य’ शुरु

भगिरथ भण्डारी

इलाम । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ इलाममा साहित्य महोत्सव शुरु भएको छ । साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुले विभिन्न शीर्षकमा बहस गर्ने कार्यक्रम सहित महोत्सव शुरु भएको हो ।

दुईदिनसम्म चल्ने महोत्सवमा पहिलो दिन आज आलोचनात्मक चेत र लोकतन्त्रका बारे प्रा.डा. संजीव उप्रेती, सत्ता कि प्रतिपक्ष शिर्षकमा वक्ताहरु श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जीलले आफ्नो प्रस्तुति पस्कनुभएको छ । जसको सहजिकरण विमल वैद्यले गर्नुभयो ।

‘अ’ मा अल्झेको इलाम विषयमा युद्धप्रसाद वैद्य, महेश बस्नेत, अरुण बरालले प्रसतुति दिनुभयो भने सहजिकरण केदार शर्माले गर्नुभयो । त्यस्तै, मानक माथि प्रश्न विषयमा राजन मुकारुङ, मिश्र बैजयन्ती, उज्वल प्रसाइँको प्रस्तुति रह्यो भने सहजिकरण महेश पौडेलले गर्नुभएको छ ।

दोश्रो दिन हुने कार्यक्रममा साहित्यबारे पछिल्ला आन्दोलनहरुको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता र सहजकर्तामा मुनाराज शेर्मा रहनेछन् भने करोड क्लब सहित ‘अफवाह’ शीर्षकमा सिनेमा विधामा दयाहाङ राई, यज्ञश, ब्रजेशको प्रस्तुति तथा सहजिकरण अन्वेश थुलुङ राईको राइको रहनेछ ।

नेपाली साहित्यमा मन्धुम विधामा भूपाल राई र धर्मेन्द्र विक्रम नेम्वाङले प्रस्तुति रहने र सहजिकरण हाङयुग अज्ञातले गर्नेछन भने गीतको दुःख विधामा गणेश रसिक, कोमल निरौला, गुरुङ सुसान्तको प्रस्तुति तथा सुरेन्द्र राइको सहजिकरण रहने बताइएको छ । त्यस्तै, सिनेमा र सन्देश शीर्षकमा प्रकाश आङदेम्बे, दिनेश डिसी र स्वस्तीमा खड्काले प्रस्तुति दिने र सुरेन्द्र राईले सहजिकरण गर्नेछन् ।

यसैगरी ‘गणतन्त्र खतरामा राजनीति विद्या’ मा मुख्य विश्व प्रकाश शर्मा, योगेश भट्टराईले विचारहरु राख्ने र बसन्त बस्नेतले सहजिकरण गर्नुहुने भएको छ भने साहित्य र राजनीति विचारको विधामा प्रदिप गिरीको प्रस्तुती रहनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…