नेमकिपाको महाधिवेशन शुरु

नारायण थापा
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौँ महाविधेशन शुक्रबारबाट शुरु भएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्दै अहिलेको सरकारको कार्यशैली समाजवाद उन्मुख नदेखिएको भन्दै सरकारले आफूलाई सुधार्नु आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेको नेकपाबाट समाजवाद आउने कुरा असम्भव रहेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले बेरोजगारीको समस्याका कारण विदेशिनेको संख्या दिन प्रतिदिन बढिरहेको भन्दै यसलाई रोक्न नसक्नु सरकारको असफलता रहेको उल्लेख गर्नुभयो । उहाँले क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्य हुन नसक्ने भन्दै नीति, व्यवहार र चरित्रले कम्युनिष्ट बनेर देखाउन चेतावनी दिनुभयो । उहाँले नेपाल भारतको चंगुलमा फस्दै गएको बताउदै देश र जनताको पक्षमा कुनै पनि सरकारले काम गर्न नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले सिन्दुरसँग नागरिकता विधेयक पारित गर्न नहुने बताउनुभयो ।

नेमकिपाले सम्मेलन उद्घाटनअघि भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौंको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजासहित र्याली प्रर्दशन गरेको
थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…

काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून…

मेष– घरायसी काममा बढी खर्च हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा…