करेण्ट लागेर मजदुरको मृत्यु

म्याग्दी । मंगला गाउँपालिका–२ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

दोलखा जिल्ला शैलुङ गाउँपालिका–३ निवासी २६ वर्षीय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुल्ला बिजुलीको तारमा ठोकिँदा तामाङलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ बजेको समयमा करेण्ट लागेर ढलेका तामाङलाइ उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो ।

गम्भीर अवस्थाम रहेका तामाङलाई बेनी अस्पतालले मृत घोषणा गरेको प्रनि सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । मृतक तामाङकाे शव पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ । मृतकको आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमपछि आफन्तलाई शव बुझाइने जनाइएको छ । मृतक तामाङ साउन १५ गतेदेखि दिलकुमारीको घर बनाउने काममा कार्यरत हुनुहुन्थ्यो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।