सरकारी डाक्टरमा विदेश मोह बढ्यो

काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित पत्रपत्रिकाहरुले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

शुक्रबार जनता समाचार डटकम मा संविधान दिवसको अवसरमा ‘सारंगीमा देश’,नेमकिपाको महाधिवेशन शुरु, इलाममा ‘पर्यटनको लागि साहित्य’ शुरु, सि जिनपिङका विचार र बिआरआईमाथि विमर्श हुने, एनआरएनए अध्यक्षका लागि कुमार पन्तको उम्मेदवारी, ‘संविधानमा त्रुटि भए, सच्याउन सकिन्छ, आलोचना गर्न हुन्न’, नगरपालिकाको गाडीमा बम विष्फोट र इरानविरुद्ध गठबन्धन बनाउने अमेरिकी तयारी लगायतका समाचार प्रकाशन गरिए ।

राजधानी दैनिकले सरकारी डाक्टरको विदेश मोह शीर्षकमा प्रमुख समाचार प्रकाशित गरेको छ । समाचारमा उल्लेख भए अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १ हजार जनसंख्या बराबर एक चिकित्सक हुनुपर्ने मापदण्ड बनाएको भएपनि नेपालमा भने यस्तो अवस्था देखिंदैन । तथ्यांक विभागका अनसार नेपालको जनसंख्या २ करोड ९६ लाख ९९ हजार ७४७ छ । यस आधारमा नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन । तर अझै पनि ५ हजार डाक्टर नेपालका अपुग रहेका छन् ।

तर पछिल्लो समय नोपालमा बिरामीको कन्तविजोग भइरहेका बेला भएका अधिकांश डाक्टर भने विदेश पलायन हुने क्रम बढेको छ । विदेशमा सुविधा र अवसरको पहुँचलगायत कारणले ४ सय चिकित्सकहरू विदेशिएका सरकारी चिकित्सक संघले जनाएको छ । विदेशिने चिकित्सकहरु खासगरी माल्दिभ्स, दुबई, साउदी अरब लगायतका देशमा जाने गरेको समाचारमा लेखिएको छ ।

नागरिक दैनिकमा पेन्सनधारीलाई पनि तलब शीर्षकमा मुख्य समाचार छ । ुमाचारमा लेखिए अनुसार दाङ जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्वशिक्षक हुन् । द्धितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि ०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए पनि पेन्सन बुझिरहेका छन् ।

प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको मासिक तलब ३६ तोकिएको छ । पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि जनप्रतिनिधि बनेपछि मासिक ३६ हजार रुपैयाँ तलब बुझ्नेको सूचीमा छन्। तर स्थानीय तहका कर्मचारीको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकले राज्यबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिदिएको छ ।

यही व्यवस्थामा टेकेर शिक्षण पेसाबाट सेवा निवृत्त शर्माले पेन्सनबापत आउने रकम छोडिदिएर उपप्रमुखका लागि आउने सुविधामात्रै लिन थालेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।