परपुरुषसँगको सम्बन्ध लुकाउन पतिको हत्या, ट्यांकीमा भेटियो शव

अनिल यादव

नवलपरासी । रामग्राम नगरपालिकामा एक महिलाले परपुरुषसँगको सम्बन्ध लुकाउन पतिको हत्या गरेकी छन् । वडा नम्बर ३ घोडपालीकी ३५ वर्षीया सरस्वती पाण्डेले परपुरुषसँगै मिलेर पतिको हत्या गरेकी हुन् ।

उनको पति ४१ वर्षीय रवीन्द्रप्रसाद पाण्डेको शव हत्याको १५ दिनपछि घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्यांकीमा भेटिएको छ ।  पति हत्यामा संलग्न सरस्वती र उनको परपुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परपुरुषको नाम भने गोप्य राखेको छ ।

पक्राउ परेकी सरस्वतीले आफू र परपुरुष मिलेर पतिको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी लालमणि आचार्यले जानकारी दिनुभयो । पुरुषसँगको सम्बन्ध लुकाउन खोज्दा उनले पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

हत्यामा संलग्न उनीहरुविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । घटनाबारे गहिरो अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब १ सय मिटर पश्चिममा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…